दंगीशरणलाई नमुना बनाँछौ : उपाध्यक्ष खड्का

तुलसीपुर,२० माघ

दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्काले गाउँपालिकालाई नमुना बनाउने बताएकी छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषी, तथा भौतिक पुर्वाधार विकासलाई तिब्रता दिएको बताउदै उपाध्यक्ष खड्काले दंगीशरण गाउँपालिकालाई नुमना बनाउने परिकल्पना सहित अघि बढेकाले त्यो सपना पुरा हुनेमा आफु विश्वस्त भएको बताइन ।

खानेपानी, सिचाई, स्वास्थ्य र सडकलाई पहिलो प्रथामिकता दिएर र काम गरेको बताउदै उपाध्यक्ष खड्काले गाउँपालिकालाई सडक संजालसंग जोड्नेगरी गौरबका योजना पनि अघि सारेको बताइन ।

‘हरेक योजना निर्माण गर्दा हाम्रो छलफल हुन्छ । एउटै घरपरिवार जस्तो गरेर मिलेर काम गरिरहेका छौ,’ उपाध्यक्ष खड्काले भनिन–‘ अन्य गाउँपालिकामा एउटै पार्टीमा जितेर आएका पनि मिल्न सकेका छैनन् ।

तर हामी फरक बिचारबाट आए पनि मिलेर काम गरेका छौ ।’ हामीले अघि सारेका योजना दुरगामी प्रभाव पार्ने महत्वका भएकाले गाउँपालिका नमुना बन्छ भन्नेमा आफु ढुक्क भएको उपाध्यक्ष खड्काले बताइन ।

गाउँपालिकामा सेवा लिन आउने हरेक नागरिकलाई घरमा पाहुना आए जस्तो लाग्ने गरेको बताउदै जनताको काममा रमाउने भएकाले गाउँपालिमा जितेर आएको ढाई बर्ष भएपनि हिजो जस्तै लाग्ने गरेको बताइन ।

 

 

प्रकाशित मिति : २०७६ माघ २० गते सोमवार
प्रतिक्रिया