दाङमा बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु

दाङ, १८ माघ । दाङमा स्कुले बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमही स्थित गोरखा मोडल सेकेन्डरी स्कुलको रा १ ख १०२८ नम्वरको बसले शुक्रवार दिउँसो पौने चार बजे देउपुर नजिकै ठक्कर दिदा १८ महिने बालिकाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मुत्यु हुनेमा लमही नगरपालिका वडा नम्वर ६ देउपुर निवासी छोटु मुसलमानका १८ महिनाकी छोरी सफिना खातुन रहेको प्रहरीले बताएको छ । विद्यार्थी छोड्न गएको समयमा ती बालिकालाई उक्त बसले ठक्कर दिएको प्रहरीले बताएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया