तुलसीपुरमा आज गायक कुलेन्द्र विश्वकर्मा र नायक दिलिप रायमाझि आउने

दाङ, १८ माघ ।

दाङको तुलसीपुरमा जारी महोत्सवमा आज (शनिवार) चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा र नायक दिलीप रायमाझी आउन लागेको आयोजक तुलसीपुर उद्योग वाणिज्य संघ अन्र्तगत सांस्कृतिक उपसमितिले जनाएको छ ।

गएको शुक्रवार देखी सुरु भएको महोत्सवमा दिनहुँ उल्लेख्य दर्शकको सहभागिता रहेकोे आयोजकले बताएको छ ।शुक्रवार महोत्सवमा कलाकार दुर्गेश थापाको प्रस्तुतीबाट दर्शकले भरपुर मनोरञ्जन लिएका थिए ।

सुरुमा देशभक्ति गितबाट आफ्नो प्रस्तुती सुरु गरेका थापाका गितमा बालबालिका देखि बृद्धहरु समेत झुमेका थिए ।

एक पछि अर्को गितबाट दर्शकलाई नचाएका थिए । यस्तै गायीका शान्ती श्री परीयारले गाएको बोल माया बोल भन्ने गितले सबैलाई भावुक बनाएको थियो ।

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया