ऋषिको गिनिज बुकमा नाम लेखाउने प्रयास जारी

तुलसीपुर १८ माघ ।

तुलसीपुर ३ रानागाउँ निवासी ऋषी परियारले गिनिज बुकमा नाम लेखाउनका लागी आफनो प्रयासलाई जारी राखेका छन् । फरक प्रतिभा भएका परियारले हात टेकेर लामो दुरी सम्म यात्रा गर्दछन् । आफु संग फरक प्रतिभा भएको बताउदै उनले गिनिज बुकमा नाम लेखाउने प्रयास जारी रहेको बताएका छन् ।

उनले पछिल्लो समय आफनो कला प्रतिभालाई पटकपटक सार्वजनिक गदै आएका छन् । सोहि क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ ले शुक्रवार तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको एक कार्यक्रममा परियारले आफनो प्रतिभा प्रस्तुत गरेका छन् ।

वडा अध्यक्ष विर बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा उनले हातले टेकेर हिड्ने र एक मिनेटमा एक सय १६ पटक जम्पीङ गरी आफनो प्रतिभा प्रस्तुत गरेका छन् ।आफनो जस्तै प्रतिभा भएका भारतका एक व्यक्तिले एक मिनेटमा एक सय ३ पटक जम्पिङ गरी गिनिज बुकमा रेकर्ड कायम गरेको बताउदै आफुले उक्त रेकर्डलाई तोड्दै एक सय १६ पटक जम्पिङ गर्ने क्षमता भएको बताएका छन् ।

ती भारतिय नागरिक भन्दा आफनो बढि क्षमता र प्रतिभा भएकाले विश्व रेकर्ड कायम गरी आफनो गाउँ,समाज,जिल्ला र राष्टलाई चिनाउने लक्ष्यका साथ प्रयास गरिरहेको उनले बताएका छन् । तर विश्व रेर्कड कायम गर्नका लागी आर्थिकको आबश्यक पर्ने भएकाले यसमा सवैले सक्दो सहयोग गरिदिन उनले सवैमा अपिल गरेका छन् ।
सो अवसरमा वडा नम्वर १ का वडा अध्यक्ष लक्ष्मण भण्डारी र वडा नम्वर १६ का वडा अध्यक्ष भुव बहादुर केसी लगाएतले बोलेका थिए । युवा नेता चेतमान सेजुवालले सहजीकरण गरेको कार्यक्रममा ईशा वलीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया