मुसीकोट बैंकका कर्मचारी सवार जिप दुर्घटना

दाङ, १७ माघ ।

मुसीकोटमा जिप दुर्घटना भएको छ । रुकुम खलगांबाट दाङ तर्फ आउदै गरेको भे १ च २६८३ नम्वरको जिप मुसीकोट नगरपालिका वडा नम्वर १ शितलपोखरी स्थित रोकि राखेको अवस्थामा अकस्मात जिप गुड्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा कुनै मानविय क्षति भएको छैन ।

जिपमा सवार नेपाल बैंकका कर्मचारी सकुसल रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया