भारतीय भूमिगत समूह र प्रहरी बिच गोली हानाहान

रौतहट, १५ माघ

नेपाल प्रहरी र भारतीय भूमिगत समूह बिच गएराति गोलीहानाहान भएको खबर छ । तराईमा मधेसी नेसनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीयलाई भने प्रहरीले गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् ।

अली नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मंगलबार राति साढे १२ बजे उनलाई नियन्त्रणमा लिएको हो । बकैया नदीको बाँधबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका ३ जनाले प्रहरी माथि फायरिङ गरेपछि जवाफी फायरिङ गरेको हो ।

प्रहरीको जवाफी फायरिङबाट अलीलाई गोली लागेको थियो । एक जनालई नियन्त्रणमा लिए पनि अन्य दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २०७६ माघ १५ गते बुधवार
प्रतिक्रिया