भूतपूर्व सैनिकलाई प्रधानेसनापति थापाले भने – उद्यमी बन्नुस

ओपेन्द्र बस्नेत , तुलसीपुर, १३ माघ ।
नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले भूतपूर्व(अवकाश प्राप्त) गर्नुभएको छ । जीवनको उर्जाशिल समय देश र जनताको लागि खर्चेको बताउदै सेनापति थापाले रिटायर लाइफलाई उद्यममा लगाउन आग्रह गर्नुभयो । दाङको घोराही स्थित रिपूमर्दन गणमा आइतबार भएकोे भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले देशलाई कृषीमा आश्रीत बनाउने सरकारको लक्ष्यलाई सघाउन सेनाले पनि उद्यमका कार्यक्रम अघि सारेको बताउनुभयो ।

‘आफनो दक्षता, ज्ञान, सिप र मेहनत गरेर उद्यमीशिल बन्नुस,’ थापाले भन्नुभयो–‘ त्यसले तपाइलाई आर्थिक रुपले बलियो त बनाउछ नै अन्यलाई प्रेरणा प्रदान गर्छ ।’ सेनाले बहाल वाला तथा भूतपूर्व सैनिकका लागि स्वरोजगार कार्यक्रम, महिला उद्यमशिल कार्यक्रम , एकल महिला सिपमुलक कार्यक्रम, सस्तो पसल लगाएतका कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो ।

 

स्वरोजगार कार्यक्रम अन्र्तगत कर्जा प्रवाह गर्दै आएको नेपाली सेना कल्यानकारी बोर्डले महिला उद्यशिलताका लागि पनि एक व्यक्ति बराबार १५ लाख रुपैयाँ सम्म सहुलियत दरमा कर्जा उपलब्ध गराउदै आएको बताउनुभयो । समाजमा बस्दै आएका अवकाश प्राप्त सैनिक नेपाली सेनाको प्रतिनिधित्व गरिरहेको बताउदै प्रधानसेनापति थापाले स्थानीय जनता र सेना बिचको समन्बध समधुर बनाउनु पर्ने बताउनुभयो । नेपाली सेनाको गरिमालाई जोगाइ राख्न समाजमा रहदा अनुशासित, मर्यादित बन्नु पर्ने बताउदै थापाले जनहितकारी कार्यमा सधै दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो । २०३४ सालबाट निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको सेनाले स्वास्थ्य सेवालाई विकेन्द्रिकृत गर्दै नेपालगंजमा ५० बेडको सैनिक अस्पताल संचाललन गरेको र पोखर र इटहरीमा संचालनको तयारीमा रहेको बताउनुभयो । त्यसैगरी सातै प्रदेशका विभिन्न स्थानमा पनि क्षेत्रिय स्तरका अस्पताल संचालन गर्ने तयारीमा रहेको पनि उहाँले बताउनुभयो ।

विवेक कुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बलाधिकृत गौरब तण्डयुल, भूतपूर्व उपरथी, विलाश कार्की, साहयक रथी भूतपूर्व दिगम्बर शमसेर जबरा लगाएतले बोलेका थिए । नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारहरुको हितको लागि कल्याणकारी कार्यलाई “नेपाली सेना कल्याणकारी बोर्ड” मार्फत हिताधिकारीहरुको घरदैलोसम्म विकेन्द्रित गर्न भू.पु.हरुसंग प्रत्यक्ष भेटघाट गरी उनीहरुको राय सुझाव सकंलन गर्ने र उपयुक्त राय सुझावहरुलाई कार्यान्वयन गर्ने तथा नेपाली सेनामा लघु वित्त परियोजना मार्फत् हिताधिकारीहरुको जीवनस्तर सुधार्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको सेनाले बताएको छ ।

 

सो अवसरमा अवकाश प्राप्त हुद्दा ९० बर्षका थमनसिङ पुन र ८८ बर्षकी सावित्रादेवी थापा क्षेत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रममा अपाङ्गगता भएका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततीहरुलाई ह्वीलचियर तथा बैशाखी वितरण गरिएको थियो । सम्मेलनमा दाङ, सल्यान, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम र प्युठानका सयौं भूतपूर्व सैनिहरुको सहभागिता रहेको थियो । सम्मेलन पूर्व १९ नम्बर बाहिनी अड्डा तुलसीपुरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना समेत गरिएको थियो ।

 

 

प्रकाशित मिति : २०७६ माघ १३ गते सोमवार
प्रतिक्रिया