राउटे समुदायलाई गैरे सेवा समाजको सहयोग

तुलसीपुर, १२ माघ । नेपालको लोपोन्मुख राउटे समुदायलाई गैरे सेवा समाज जापानको सहयोगमा लत्ता कपडा वितरण गरिएको छ । गैरे सेवा समाज दाङको समन्वयमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्वर १३ नलगाडमा बस्दै आएका राउटे समुदायलाई लत्ता कपडा वितरण गरिएको गैरे सेवा समाज दाङका सचिव ईश्वरी प्रसाद गैरेले जानकारी दिएका छन् ।

जापानमा बस्दै आएका गैरे परिवारबाट प्राप्त आर्थिक सहयोगबाट आईतवार एक कार्यक्रमका विच १४८ जना राउटे समुदायलाई १५० थान कपडा वितरण गरिएको हो । कर्णाली प्रदेश राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष कृष्ण वलीको अध्यक्षता तथा वडा नम्वर १३ का सदस्य भोजप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । वडा सदस्य ढकालले स्थानिय निकायले पनि लोपोन्मुख परिवारलाई सहयोग गदै आएको बताउदै लत्ता कपडा सहयोग गरेकोमा गैरे सेवा समाजलाई धन्यावाद व्यक्त गरेका छन् ।

नेपाली दाजुभाईहरुले मेहनतका साथ कमाएर पठाएको पैसाले मानविय सेवा नै धर्म हो भन्ने उद्देश्यले आफुहरुले सहयोग गरेको सचिव गैरेले बताएका छन् । लत्ताकपडा पाएपछि खुशी हुदै राउटे मुखिया मैन बहादुर शाहीले सहयोग गर्ने दाताहरुलाई धन्यावाद दिएका थिए भने कार्यक्रमको सहजीकरण राउटे उत्थान प्रतिष्ठान नेपालका उपाध्यक्ष यज्ञ बहादुर बुढाले गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ १२ गते आइतवार
प्रतिक्रिया