प्रदेश स्तरिय एकल महिलाको भेला

भालुवाङ, १२ माघ । प्रदेश सरकार प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश स्तरिय एकल महिला संजाल संग दुई दिने अन्तरक्रिया कार्यक्रम शनिवार देखी भालुवाङमा सुरु भएको छ ।मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालको अध्यक्षता एवं मन्त्रि सुदर्शन वरालको प्रमुख आथित्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

 

सो अवसरमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बोलेका थिए । आईतवार सम्म सन्चालन हुने कार्यक्रममा ५ नं प्रदेशका १२ जिल्लाका एकल महिला संजालका अध्यक्ष एवं पदाधिकारीहरुको सहभागीता रहेको छ ।कार्यक्रममा प्रदेशका निति तथा कार्यक्रम, योजनामा महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुको संबोधनका विषय, नेपालमा एकल महिलाको अवस्था र एकल महिलाको अधिकार सम्वन्धि विद्यमान राष्ट्रिय तथा अन्तराट्रिय कानुनी ब्यवस्था, चुनौति, समस्या र संभावनाका बारेमा जानकारी तथा छलफल गरिने छ ।दाङ्ग, प्युठान, रोल्पा, रुुकुम, बाँके, बर्दिया, गुल्मी, अर्घाखाचि, कपीलबस्तु, रुपन्देहि र पश्चिम नवलपरासी जिल्लाका एकल महिला संञ्जालका पदाधिकारीहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०७६ माघ १२ गते आइतवार
प्रतिक्रिया