कलाकारीता जिवन्त हो : राजेश हमाल

तुलसीपृुर ११ माघ । नेपाली चलचित्रका महानायक राजेस हमालले कलाकारिता क्षेत्र आफनो जिवन्त भएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले जिवनको लामो समय कलाकारिता क्षेत्रमा विताएको बताएका छन् ।

नेपाली सिने क्षेत्रका महानायक हमालले आफु बुढो नभएको अभिव्यक्ति दिए । ठट्टाकै शैलिमा हमालले आफु कलाकारीता क्षेत्रमा बुढो नहुन अभिव्यक्ति दिए । ‘सुर्य पश्चिमबाट उदाएको दिन मात्र म बुढो हुने छु भन्ने लाग्छ,’चलचित्र पत्रकार संघ दाङको आतिथ्यमा भएको पत्रकार सम्मेलनमा महानायक हमालले भने । साथै उनले कलाकारीतालाइ जिवन्त राख्ने सवालमा आफु सधै लागीरहने पनि अभिव्यक्ति दिए ।
आफु जिवित रहदा सम्म कलाकारिता क्षेत्रबाट कहिल्यै विश्राम नलिने उनले बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७६ माघ ११ गते शनिवार
प्रतिक्रिया