सामुदायिक स्वास्थ्य इकाईमा बर्थिङ सेवा सुरु

तुलसीपुर,११ माघ ।
बबई गाउंपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै अगाडि बढेको छ । बबई गाउंपालिका भित्रका सबै स्थानिय बासिन्दालाई स्वास्थ्यको पहुचमा र्पुयाउने उध्यश्यले गाउंपालिकाले स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिएको हो । गाउंपालिकाले सहज स्वास्थ्य सेवा पुग्न नसकेका क्षेत्रहरूमा सहज सेवा बिस्तारमा बिशेश ध्यान दिएको गाउपालिका अध्यक्ष भुवनेस्वर पौडेलले बताउनु भएको छ ।

 

उहाँका अनुसार बबई गाउंपालिका वडा नम्बर १ को सामुदायिक स्वस्थ्य इकाइ गंगटेमा आज बाट बर्थिङ सेन्टर सुरु भएको छ । सामान्य खालका बिरामी देखि सुत्केरी सेवा सम्मको सेवा दिने गरि बर्थिङ सेन्टरको सुरुवात गरिएको बताइएको छ । बर्थिङ सेन्टर सुरु भए पछि स्थानिए स्तरमा सुत्केरि हुने महिलाहरुलाइ राहत हुने बिस्वास लिइएको छ । सुत्केरी हुन नसकेर भैरहेको समस्या अब नआउने उहाको भनाइ छ ।

 

उहाका अनुसार बर्थिङ सेन्टरमा आबस्यक स्वास्थ्य कर्मीको यसभन्दा अगाडी नै बेबस्था मिलाइएको भएपनी आबस्यक सामानको अभाबमा कारन सुरु हुन नसकेको सेन्टरमा सामान पुगे पछि औपचारिक रुपमा सुरु गरिएको छ । बर्थिङ सेन्टरको औपचारिक सुरुवातमा बबई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि डागी, जिन्सी शाखा प्रमुख अरुन केसि, गाउँपालिका प्रबक्ता टंकराज बिक वडा नम्बर १ का अध्यक्ष खडक कवर लगाएतको उपस्थिती रहेको थियो ।।

प्रकाशित मिति : २०७६ माघ ११ गते शनिवार
प्रतिक्रिया