पत्रकार पौडेललाई पृती शोक

तुलसीपुर, १० माघ । पत्रकार बसन्त पौडेललाई पृती शोक परेको छ । रेडियो हाम्रो पहुँच एफएमका स्टेशन म्यानेजर समेत रहेका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ माथिल्लो हलवार निवासी पौडेलका बुवा चन्द्रलाल पौडेलको ७० वर्षको उमेरमा शुक्रवार दिउँसो १२ बजे निधन भएको छ । उनी विगत केहि समय देखी दम रोगबाट पिडित थिए । पौडेलको घरमै निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनको शुक्रवार बेलुकी साढे छ बजे माथिल्लो ग्वारखोला घाटमा दाहसंस्कार गरिने भएको छ । उनका एक श्रीमती,दुई छोरा र तिन छोरी रहेका छन् । पत्रकार बसन्त पौडेल उनका कान्छा सुपुत्र हुन् ।

प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रवार
प्रतिक्रिया