महोत्सव स्थलमा पुग्न गाडीभाडा दश रुपैयाँ

तुलसीपुर, १० माघ 
तुलसीपुर महोत्सव २०७६ लाई लक्षित गरेर त्रिशिद्देश्वरी राप्ती प्रालिले आजदेखि यातायातको व्यवस्था गरेको छ । नागरिकहरुलाई सहज रुपमा महोत्सव स्थलमा आएर अवलोक गर्न र जानका लागि बसको व्यवस्था गरिएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

तुलसीपुर घुम्नजाउँ ब्यानर टाँगेका बस पश्चिममा कृष्ण मन्दिर, पूर्वमा बिजौरी, दक्षिणमा पुकारपसल र उत्तरमा गोठीखोलाबाट संचालन हुनेछन् । यी जुनसकै ठाउँबाट बस चढेर महोत्सव स्थलसम्म पुगेको दश रुपैयाँ मात्र लाग्ने छ ।

‘छोटो दुरीका यात्रुलाई सवारी साधनले चढाउन मान्दैनन,’ अध्यक्ष हमालले भने–‘त्यसैले हामीले यात्रुको सहजताका लागि चार ठाउँबाट बस संचालनमा ल्याएका छौ ।’

तोकिएका स्थानबाट महोत्सव स्थलसम्म आउन दश र फर्केर जान दश रुपैया सहित आउदाजाँदा गरि बिस रुपैयाँ भाडा लाग्ने छ ।

 

प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रवार
प्रतिक्रिया