भारतीय पर्यटकको मृत्युका विषयमा छानबिन गर्न समिति गठन

काठमाडौ, ९ माघ ।
सरकारले दामनको एक रिसोर्टमा आठ जना भारतीय पर्यटकको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । पर्यटन विभागले बुधवार सूचना जारी गरेर घटनाबारे बुझ्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको हो । विभागको होटल शाखाका निर्देशक शुरेन्द्र थापाको संयोजकत्वमा समिति गठन भएको छ ।

 

घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्ने समितिका संयोजक थापाले बताउनुभयो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र होटल संघ नेपालका एक–एक प्रतिनिधि, पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहनेछन् भने समितिका सदस्य सचिव होटल शाखाका शाखा अधिकृत रहनुभएको छ ।

 

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया