दंगीशरण आधारभुत स्वास्थ्य सेवा उद्घाटन

दिप्तीशिखा चौधरी
दंगीशरण, ८पुस / दंगीशरण गाउँपालिका वडा न. १ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ । आज बुधबार एक कार्याक्रमका बिच गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले उद्घाटन गरेका हुन् ।

स्वास्थ्य सेवा केन्द्र उद्घाटन गर्दै अध्यक्ष चौधरीले भवन नबनेपछि घर भाडामा लिएर भएपनि नागरीकलाई सेवा दिने उद्धेश्यले आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएको बताए ।

यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले आर्थीक रुपमा कमजोरी भएका नागरीकले आफनै ठाउँमा रहेको स्वास्थ्य सस्ंथाले टेवा पुग्ने बताईन । वडामै आईपुगेको सेवालाई उपभोग गर्न उपाध्यक्ष खड्काले आग्रह गरिन् ।

सो अवसरमा वडा अध्यक्ष श्रीप्रशाद चौधरीले केन्द्रको ३५ लाखको लागतमा स्वास्थ्य सेवा केन्द्रका लागि भवन बनीरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार
प्रतिक्रिया