दीपक मनाङेद्धारा मिलन गुरुङमाथि कुटपिट

पोखरा,७ माघ

सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।

मनाङे गण्डकी प्रदेशका प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापन ठिक नभएको भन्दै उनले कुटपिट गरेका हुन् ।

अध्यक्ष गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले कुटपिट गरेका थिए । प्रदेशसभा सदस्य मनाङ्गेले पनि झापड हानेको बताए ।

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया