सभामुख पदका लागी अग्नी प्रसाद सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौ, ७ माघ । आगामी माघ १२ गते हुने प्रतिनिधि सभाको सभामुख निर्वाचनका लागी नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट स्थायी कमिटि सदस्य तथा सांसद् अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार उनले सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा मंगलवार विहान उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा तत्कालिन कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोजदेखि सभामुख पद रिक्त रहेको छ । झन्डै पाँच महिना पछि सभामुख चयन प्रक्रिया सुरु भएको छ । उनको एक्लो उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेपछि उनको मात्रै उम्मेदवारी परेको हो । सोमवार डाक्टर शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएपछि उक्त पद पनि रिक्त छ ।

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया