तुलसीपुरमा एक सय बढि सामुदायिक वन,सयौँ उपभोक्ता

लक्ष्मण विश्वकर्मा, तुलसीपुर ७ माघ ।
तुलसीपुर क्षेत्रमा एक सय बढि सामुदायिक बन समुह क्रियाशिल रहेका छन् । साविक तुलसीपुर नगरपालिका,हलवार, फुलवारी,बिजौरी,मानपुर र डुरुवा गाविसमा गरी एक सय चार वटा सामुदायिक बन समुह रहेको एक तथ्याङकले देखाएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ देखी १९ सम्म अर्थात साविक बिजौरी, मानपुर, फुलवारी र डुरुवामा ५१ वटा सामुदायिक बन उपभोक्ता समुह रहेको सव डिभिजन कार्यालय बिजौरीले जानकारी दिएको छ ।
यस्तै सव डिभिजन कार्यालय तुलसीपुर कार्यक्षेत्र अन्र्तगत ५३ वटा सामुदायिक बन समुह रहेको सव डिभिजन कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरमा दुई वटा सब डिभिजन कार्यालयको छुट्टाछुट्टै कार्यक्षेत्र रहेको छ । ती सामुदायिक बन समुहले विधान र स्वीकृत बार्षिक कार्ययोजना अनुसार उपभोक्तालाई आबश्यक पर्ने काठ, दाउरा, घाँस जस्ता सेवा सहित विभिन्न गतिविधि सन्चालन दिदै आएका छन् । साथै उपभोक्ताहरुले सामुदायिक बन संरक्षण र प्रर्वद्धनमा सहयोग गदै आएका छन् ।
सव डिभिजन कार्यालय बिजौरीका रेन्जर ईश्वरी बहादुर बस्नेतका अनुसार साविक डुरुवामा १६ वटा सामुदायिक बन समुह त्रियाशिल रहेका छन् । झन्डै १ हजार ४ सय ४१.६ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक बनबाट दुई हजार दुई सय बढि जनसंख्या लाभान्वित भएका छन् । यस्तै मानपुरमा ५ वटा सामुदायिक बनको ९ सय ३१.५१ हेक्टर क्षेत्रफलबाट एक हजार ६ सय बढि जनसंख्या लाभान्वित भएको रेन्जर बस्नेतले जानकारी दिएका छन् ।त्यस्तैगरी साविक बिजौरीमा १६ वटा सामुदायिक बनको २ हजार २ सय ५.८५ हेक्टर क्षेत्रफल रहेको छ ।जसमा दुई हजार दुई सय चवालिस जनसंख्या लाभान्वित भएका छन् ।कार्यालयका अनुसार फुलवारीमा १४ वटा सामुदायिक बन समुहको ३ हजार ४ सय ३९.७५ हेक्टर क्षेत्रफलबाट दुई हजार चार सय अन्ठान्नब्वे जनसंख्या लाभान्वित भएका छन् ।
यस्तैगरी सव डिभिजन कार्यालय दोघरे तुलसीपुरले दिएको जानकारी अनुसार तुलसीपुर १ देखी १२ नम्वर वडा सम्म ५३ वटा सामुदायिक बन रहेका छन् ।जसमध्ये सवैभन्दा धेरै वडा नम्वर ३ मा १३ वटा सामुदायिक बन रहेका छन् । यस्तैगरी वडा नम्वर ४ मा ११ , वडा नम्वर १ र २ मा ८, वडा नम्वर ६ मा ३, वडा नम्वर ७ मा ३, वडा नम्वर ८ मा ३, वडा नम्वर ११ मा ३ र वडा नम्वर १२ मा ७ वटा साुमदायिक बन रहेका छन् । कार्यालयका तुलसीराम बस्यालले दिएको जानकारी अनुसार वडा नम्वर ५, ९ र १० सामुयिक बन समुह नभएको पाईएको छ ।
तेहोरो करको विरुद्धमा छौ :अध्यक्ष वली
सामुदायिक बन उपभोक्ता महासंघ तुलसीपुर स्थानिय बन महासंघले सरकारले लगाएको तेहोरो करको विरुद्धमा सामुदायिक बन समुह रहेको बताएको छ ।मुलुक संघिय संरचनामा गईसकेपछि अवैज्ञानिक ढङगले सामुदायिक बन समुह माथी तेहोरो कर लगाईएको भन्दै यसको विरुद्धमा आफुहरु लागी परेको तुलसीपुर स्थानिय बन महासंघका अध्यक्ष चन्द्र बहादुर वलीले बताएका छन् ।
समुदायको संरक्षण र लगानीमा सन्चालन भएको सामुदायिक बन समुहबाथी तेहोरो कर लगाउदा आफुहरु मर्का परेको बताउदै यसको विरुद्धमा आफुहरुले आन्दोलन गदै आएको उनको भनाई छ । यसका लागी स्थानिय सरकारले समेत ध्यान दिनुपर्ने उनको भनाई छ । साथै उनले कतिपय सामुदायिक बन समुहले स्वीकृत बार्षिक कार्ययोजना विपरित अवैधानिक रुपमा कार्य सन्चालन गर्ने प्रबृति भएकाले

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया