अर्घाखाँचीमा पोखरीमा डुवेर दुई बालिकाको मृत्यु

अर्घाखाँची , ६ माघ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैचाको पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको छ । शान्ति बगैचाभित्र खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ । ज्यान जानेमा अर्घाखाँचीको मालारानी ८ घर भएकी ५ वर्षीय कृष्टिना महत र प्युठान नगरपालिका घर भइ अहिले सन्धिखर्कमा बस्ने ४ वर्षीय वर्षा थापा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार
प्रतिक्रिया