तुलसीपुरको भण्डारी खाजाघरबाट ६ जना जुवाडे पक्राउ

तुलसीपुर ६ माघ । तुलसीपुर ६ स्थित भण्डारी खाजाघरबाट छ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर ६ रजौरा नजिकै रहेको भण्डारी खाजा घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले सोमवार दिउँसो दुई बजे उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले ६ जना जुवाडे पक्राउ परेको पुष्टि गरेका छन् ।  पक्राउ पर्नेहरुमा तुलसीपुर ६ रजौरा निवासी हेमन्त वली, ४५ वर्षिय मिनकेतन गिरी, ४५ वर्षिय प्रकास भण्डारी, बासुदेव भण्डारी, भरतमणि शर्मा र सेवेन्द्र देबकोटा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका मुद्धा फाँटका सुनिल शाहले जानकारी दिएका छन् ।  साथै प्रहरीले उनीहरुको साथबाट ४३ हजार रुपैया नगद समेत बरामद गरेको छ ।

प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार
प्रतिक्रिया