राष्ट्रिय सभा निर्वाचन : आजराती १२ बजेदेखी मौन अवधी सुरु हुदै

 काठमाडौ, ६ माघ ।
यहि माग ९ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आजराती १२ बजेबाट मौन अवधी सुरु हुदैछ । निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडी अर्थात माघ ६ गते राती १२ बजेबाट मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि लागु गरिदै छ । यो अवधीमा कुनै पनि कुनै पनि सन्चार माध्यमबाट निर्वाचन सम्वन्धि प्रचारप्रसार गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ । साथै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।
देशका सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ । ५९ सदस्यिय राष्ट्रिय सभा सदस्य मध्ये १९ जना सदस्यहरुको आगामी फागुनमा समयवधी सकिदैछ । जसमध्ये १८ जना सदस्यको निर्वाचन प्रक्रियाबाट चुन्ने प्रावधान भएकाले निर्वाचन हुन लागेको हो । १८ पदका लागी सातै प्रदेशबाट ४५ जनाले उम्मेदवारी दिएका छन् ।

जसमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट १६, नेपाली काग्रेसबाट १६, समाजबादीबाट ७, राष्टिय जनमोर्चाबाट २, राष्टिय जनता पाटीबाट २, नेपाल मजदुर किसान पाटीबाट २ गरी ४५ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रदेश सभा सदस्य ५५० र स्थानिय तहका प्रमुख र उपप्रमुख १५०६ गरी जम्मा २०५६ जना मतदाता रहेका छन् । जसमा प्रदेश १ मा ३६७, प्रदेश २ मा ३७९, प्रदेश ३ मा ३४८ , गण्डकी प्रदेशमा २३०, प्रदेश ५ मा ३०५, कर्णाली प्रदेशमा १९८ र सुदुरपश्चिम प्रदेशमा २२९ जना मतदाता रहेका छन् । प्रदेश सभा सदस्य र स्थानिय तहका प्रमुख र उपप्रमुखको मतभार फरकफरक रहनेछ ।

प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार
प्रतिक्रिया