अग्नीप्रसाद सापकोटा को हुन् (पुरा पढ्नुहोस्)

काठमाडौ, ६ माघ । विगत चार महिना देखी रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदका लागी नेपाल क्यमुनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नीप्रसाद सापकोटलाई उम्मेदवार बनाएको छ । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको प्र्रस्तावमा सचिवालय बैठकले उनको नाम टुङग्यो लगाएको हो । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बहस भईरहेको बेलामा अध्यक्ष प्रचण्डको प्रस्तावमा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विच आईतवार विहान छलफल भएको थियो । दुई अध्यक्षले सापकोटाको नाममा सहमति गरेपछि नेकपाको सचिवालय बैठकले अनुमोदन गरेको हो ।
अग्नीप्रसाद सापकोटा को हुन् ?
नेकपा स्थायी कमिटि सदस्य अग्नी प्रसाद सापकोटा पार्टी अध्यक्ष प्रचण्डको विश्वासीलो नेताका रुपमा चिनिन्छन् । वि.स २०१५ फागुन १४ गते सिल्धुपाल्चोकको कुभिण्डेमा उनको जन्म भएको हो । डेढ दशक अध्यापन पेशा सम्हालेका सापकोटाले २०३५ सालमा नेकपा चौथो महाधिबेशनबाट राजनिति यात्रा तय गरेका हुन् । त्यसपछि उनी २०४८ साल देखी सिल्धुपाल्चोकबाटै सक्रिय रुपमा राजनितिमा लागे । २०५१ सालमा उनी तत्कालिन नेकपा एकता केन्द्रको केन्द्रिय सदस्य हुने अवसर मिल्यो ।
२०५२ माघ देखी उनले भुमिगत भएर राजनिति गरे । २०५८ सालमा तत्कालिन नेकपा माओवादीको तर्फबाट गठन गरिएको तिन सदस्यीय बार्ता टोलीमा रही शान्ती प्रक्रियालाई अगाडी बढाउन उनको महत्वपुर्ण साथ रहेको जानकार बताउँछन् । शान्ती सम्झौता पछि २०६४ सालको पहिलो सविधान सभाको निर्वाचनमा सिल्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर २ बाट सविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस पछि उनी २०६८ सालमा सुचना तथा सन्चारमन्त्री समेत बनेका थिए । तत्कालिन नेकपा माओवादीको हेटौडा महाधिबेशनबाट पोलिटव्युरो सदस्य बनेका सापकोटाले २०६९ साउन देखी एकिकृत नेकपा माओवादी पाटीको प्रवक्ता समेत भएका थिए । लामो राजनितिक गरेका उनी २०७० सालमा भएको दोस्रो सविधान सभाको निर्वाचनमा उनले सिल्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर २ बाट दोस्रो पटक पनि सविधान सदस्यमा जितेका थिए ।
त्यसपछि उनले फेरी मन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । २०७३ सालमा वन तथा भु संरक्षण मन्त्री भएका थिए । दोस्रो सविधान सभाले व्यवस्था गरे अनुसार देश संघिय संरचनामा परिणत भईसकेपछि पहिलो पटक भएको संघ र प्रदेश २०७४ को निर्वाचनमा सोहि जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधसभाको उम्मेदवारका लागी टिकट पाएका थिए । साथै त्यतिबेलाको निर्वाचनमा पनि उनी निर्वाचित भएर प्रतिनिधि सभा सदस्य बनेका थिए । उनका केहि राम्रा नराम्रा काम भएपनि उनी राजनितिक यात्रामा निरन्तर सफलता हात पारेर आफुलाई सक्षम नेताको रुपमा स्थापित गर्न सफल भएका छन् ।

यस पटक फेरी उनलाई अर्को राम्रो अवसर प्राप्त हुने अनुमान गरिएको छ । गएको असोज १४ गते संसद सचिवालयका एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै सभामुख पद रिक्त छ । सोहि पदका लागी नेकपाको तर्फबाट उपसभामुख बनेकी डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखमा दावी गदै आएपनि पाटीले सापकोटालाई सभामुख पदका लागी उम्मेदवार चयन गरेको हो ।

प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार
प्रतिक्रिया