जिप र मोटरसाईकलको ठक्करबाट पश्चिम दाङमा २ घाइते 

तुलसीपुर,५ माघ ।

पश्चिम दाङमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामापरी दुई जना घाइते भएका छन् । तुलसीपुरबाट श्रीगाउँ जादै गरेको रा१ज४३१ नम्बरको जीपले लौबस्तामा ठक्कर दिदा तुलसीपुर–२ लौवस्ता निबासी ५२ बर्षका अलुव चौधरी घाइते भएका छन् ।

घाइतेको सिटीहिस्पटल तुलसीपुर उपचार भइरहेको छ । त्यसैगरी भमकेबाट पंचकुले जाँदै गरेको रा२प१४०० नम्बरको मोटरसाईकलले ठक्कर दिदा शान्तिनगर गाउँपालिका–२ सिमसुन्दरपुर निबासी ६५ बर्षकी रोशनीकुमारी खत्री गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकरी दिएको छ ।

ठक्कर दिनै सवारी र चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । घाइते खत्रीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार
प्रतिक्रिया