यातायात मजदुर संगठनका केन्द्रिय अध्यक्ष ज्वाला सहितको पदाधिकारी दाङ आउने

तुलसीपुर, ४ माघ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय पदाधिकारी दाङ आउने भएका छन् ।संगठनको तुलसीपुर उपमहानगर कमिटिले यहि माघ ८ गते बुधवार तुलसीपुरमा आयोजना गर्ने सवारी दुर्घटनालाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने सवालमा यातायात मजदुर संग सम्वन्धित जनचेतना कार्यक्रमलाई सम्वोधन गर्न केन्द्रिय टोली दाङ आउन लागेको संगठनका केन्द्रिय सदस्य खगेन्द्र वलीले जानकारी दिएका छन् ।

संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, उपाध्यक्ष ध्यान बहादुर राई, महासचिव नवराज घिमिरे , केन्द्रिय सदस्यहरु, संगठनको पाँच नम्वर प्रदेश कमिटिका अध्यक्ष लगाएतका अतिथिहरु दाङ आउन लागेको उनले बताएका छन् । कार्यक्रम बुधवार विहान ८ बजे बसपार्कमा आयोजना हुने जनाईएको छ । यसैविच संगठनको तुलसीपुर उपमहानगर कमिटिका अध्यक्ष केशव बहादुर भण्डारीले सम्पुर्ण यातायात मजदुर, यातायात व्यवसायी लगाएत आम नागरिकलाई कार्यक्रममा उपस्थितिका लागी आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६ माघ ४ गते शनिवार
प्रतिक्रिया