सल्यानमा बालविवाह रोक्ने उपाय, २० बर्ष मुनिका कार्ड नछाप्ने

दाङ, ४ माघ । सल्यानमा बाल विवाह रोक्नका लागी विभिन्न प्रयासहरु भईरहेका छन् । यसै क्रममा जिल्लामा रहेका छापाखानाहरुले २० वर्ष मुनिका केटा र केटीको विवाह कार्ड नछाप्ने भएका छन । समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय सल्यानले छापाखानाका संचालकहरुको भेलामा व्यवसायीहरुले सामुहिक प्रतिबद्धता गरेका छन । जिल्लाका छापाखानाहरुले कार्ड छाप्दा केटा र केटीको जन्म दर्ता हेरेर २० वर्ष पुगेको भएमा मात्रै कार्ड छाप्ने प्रतिबद्धता जनाएका छन । बालविवाह न्युनिकरण सम्बन्धी छलफलमा जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडा, प्रहरी निरिक्षक लक्ष्मण वली, जिल्ला स्थित क्रियासिल पत्रकार र छापाखाना संचालकहरुको छलफलमा यस्तो सहमति भएको हो । प्रतिबद्धता अनुरुप छापाखाना संचालकहरुले आगामी दिनमा काम गर्ने सहमति गरेका छन ।

प्रकाशित मिति : २०७६ माघ ४ गते शनिवार
प्रतिक्रिया