पश्चिम दाङमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु

तुलसीपुर ३ माघ ।
पश्चिम दाङमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर ५ कासीपुर निवासी ५२ वर्षिय टोपलाल केसी रहेको प्रहरीले बताएको छ । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको रा ५ प २२६९ नम्वरको मोटरसाईकल चिसापानीमा गएराती दुर्घटना हुदा उनी गम्भिर घाईते भएका थिए । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर लैजादै गर्दा राती नै बाटोमा निधन भएको प्रहरीले बताएको छ । मदिरा सेवन गरी सवारी चलाउदा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रवार
प्रतिक्रिया