वडा नम्वर १२ का वडाध्यक्ष भारतमा मृत भेटिए

दाङ, १ माघ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिएका छन् । खड्काको शव भारतको उत्तरप्रदेश राज्यको बहराइचको शंकर होटेलमा बुधबार फेला परेको प्रहरीले बताएको छ । पालिकाका प्रवक्ता माधव रिजालले खड्काको मृत्यु भएको जानकारी आएपछि पालिकाको टोलि बहराइच जान लागेको जानकारी दिएका छन् । ६८ वर्षीय खड्का स्थानिय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा नम्वर १२ को वडा अध्यक्ष पदमा तत्कालिन नेकपा एमालेबाट विजयी भएका थिए ।

प्रकाशित मिति : २०७६ माघ १ गते बुधवार
प्रतिक्रिया