कर्णाली प्रदेशद्धारा माघे संक्रान्तिको बिदा

सुर्खेत , २९ पुष । माघ १ गते अर्थात् माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले पनि सार्वजनिक बिदा दिएको छ । थारू समुदायको महान पर्व माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवत्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्। सुर्खेतको वीरेन्द्रनगरसहित विभिन्न स्थानमा थारू समुदायको बस्ती भएकाले कर्णाली प्रदेशले माघ १ गते सार्वजनिक विदा दिने भएको हो । यस अघि नै प्रदेश सरकारले साउन १ गते (साउने संक्रान्ति तथा देउडा पर्व), भदौ ४ गते (प्रदेश स्थापनामा सहादत प्राप्त गरेकाहरूको सम्झनामा शहीद दिवस) चैते दशैँ र फोत्तोलो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरीसकेको छ । यसैविच प्रदेश पाँच सरकारले पनि माघे संक्रान्तीको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय यस अघि नै गरी सकेको छ ।

 

प्रकाशित मिति : २०७६ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया