बलात्कार आरोपमा पश्चिम दाङमा युवक पक्राउ

तुलसीपुर,२९ पुष

बलात्कार गरेको आरोपमा पश्चिम दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४ एकली निबासी २८ बर्षका विनोद चौधरी रहेको प्रहरीले बताएको छ । ५८ बर्षकी एक महिलाई गएको आइतबार पानी भर्ने क्रममा करिब साँझको सवा सातबजे खोलामा लगि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

हिजो पक्राउ परेका युवकलाई प्रहरीले जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाएको छ । युवक दोषी ठहर भएमा सात बर्ष देखि १० बर्षसम्म कैद हुनेछ । मुलुकी अपराध संहिता ऐन २०७४ को २१९ को जबरजस्ती करणी गर्न नहुने महलको (३) को उपदफा (ङ) मा मञ्जुरी विना जबरजस्ती करणी गरेमा १८ बर्ष भन्द बढी उमेरकी महिला भए सात बर्षदेखि १० सम्मको कैद हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २०७६ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया