सांसदले मागे मन्त्री र कर्मचारीको स्पष्टिकरण

काठमाडौ, २८ पुष ।
राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टीकरण लिन माग गरेका छन् । विभिन्न चरणमा बजार अनुगमन पछि राष्ट्रियसभा अन्तर्गतले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसदहरुले यस्तो माग गरेका हुन् ।सोमबार बसेको दिगो विकास तथा सुशासन राष्ट्रियसभाका सांसदहरुले राष्ट्रियसभाबाट हुने कुनै पनि निर्देशन सम्बन्धित मन्त्री र सचिवहरुले पालना नगरेको बताएका छन् । सांसद विमला राई पौडेलले सम्बन्धित मन्त्रालय र विभागका मान्छे बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न मिति दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताईन् ।
सांसद महेश कुमार महराले धेरै निर्णयहरु भए पनि व्यवहारमा केही पुष्टि हुन नसकेको बताए । सम्बन्धित मन्त्रालय र कर्मचारीहरुले निर्देशन पालना गर्न नचाहेको उनले बताए । ‘राष्ट्रियसभा र त्यसका समिति भन्ने वित्तिकै केही होइन जस्तो सरकारलाई लाग्छ की ?’ उनले प्रश्न गरिन् । आफूहरुको हैसियत पनि संघीय सांसदको भएको भन्दै उहाँले प्रतिनिधिसभाका समिति र राष्ट्रियसभाका समितिलाइ हेर्ने नजर फरक रहेको बताए ।

सांसद दिनानाथ शर्माले समितिले दिएको निर्देशन अनुसार भएको कामहरुको बारेमा स्पष्टिकरण लिने काम भएमात्रै परिणाम आउने बताए । समिति सभापति तारादेवी भट्टले मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि समय नदिने गरेको गुनासो गरे । समितिको बैठकमा सहभागी हुन तीन दिन अगाडी नै जानकारी गराएर समय माग्दा पनि अन्यौल भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया