विप्लव समुहका कार्यकर्ता ईश्वरी पाण्डे पक्राउ

तुलसीपुर, २८ पुष । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका एक कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर निवासी नेकपा  जिल्ला कमिटि सदस्य  ईश्वरी पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर ९ शिवपुरबाट उनलाई सोमवार विहान नियन्त्रणमा लिईएको हो । सन्जीवनी एम्वुलेन्समा गएको प्रहरी टोलीले झुक्याएर पाण्डेलाई पक्राउ गरेको नेकपाले दावी गरेको छ ।

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया