बेलटाकुरामा एक किलोमिटर सडक कालोपत्रे हुदै

तुलसीपुर,२८ पुस ।
तुलसीपुर उप महानगरपालीकाले विकास प्राधिकरण मार्फत सडक कालोपत्रे गर्ने अभियान लाई तिब्रता दिन थालेको छ । यस बर्ष प्रत्येक वडामा ३ किलोमिटरका दरले सडक कालोपत्रे हुने छ । यसैक्रममा वडा नम्बर ११ को बेलटाकुरामा सडक कालोपत्रे गर्न स्थानियले उपमहानगर समक्ष माग पत्र पेश गर्ने भएको छ । बेलटाकुरामा भएको भेलामा उनिहरुले यस्तो माग गर्ने बताएका हुन ।

वडा सदस्य सुवाश डाँगीको अध्यक्षता तथा उप प्रमुख माया आचार्यको प्रमुख आतिथ्य एवं प्रबक्ता श्याम डाँगीको विशिष्ठ आतिथ्यमा सो भेला सम्पन्न भएको थियो । भेलामा बोल्दै उप प्रमुख माया आचार्यले स्थानियको माग सुन्दै एक किलोमिटर सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएकी छिन । उनले आफ्नो सिफारीसमा हुने डेढ किलोमिटर सडक कालोपत्रे अन्र्तगत एक किलोमिटर सडक बेलटाकुराको रिङ रोड र आधा किलो मिटर उरहरीको चौधरी बस्तीमा हुने जनाकारी समेत गराएकि छिन ।

उनले माघबाट काम सुरु हुने समेत बताएकी छिन । सडक कालोपत्रे हुने भएपछि स्थानियले हिलाम्मे र धुलाम्यबाट मुक्तहुने भन्दै खुसी भएका छन । सो अवसरमा नगर प्रमुखको सचिवालय प्रमुख मान बहादुर रावत, धर्म वली लगायतले बोलेका थिए । भुह्यार थान टोल विकास संस्थाका अध्यक्ष करमदास चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम ईन्द्रमणि खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया