वृद्धलाई जाडोमा सिरक वितरण

दिप्तीशिखा चौधरी
दंगीशरण,२७ पुष / सिरक लिन वडा सम्म आईपुगेकि गायत्री डांगीले आफना साथीहरुसंग कुरा गर्दै थिईन् । अव हाम्लाई पाल्ने यहि सरकार हो । बृद्ध भत्ता, न्यानो लुगा दियाछ, बसी बसी खान पुग्याछ । छोरा छोरी आफना बाटा लागे, के छ के छैन था पान्नन, अव जतासुनी जाउँन मलाई खान पुग्याछ । उनी फिस्स हासीन् । अमरराज उपाध्याय लट्ठी टेकेर सिरक लिन आए । सिरक छाम्दै भने यस चोटि तातो सिरक रैछ । झोला भित्र प्याक गरेको फाईबर सिरक देखेपछि बृद्धहरु खुसी थिए । पहिलोे पटक फाईबर नामको सिरक ओढ्न पाईने भयो । उनीहरु कुरा गर्दै थिए ।

कम्मलले जाडो थेग्न सकेन भन्ने जेष्ठ नागरिकको गुनासो सुनेपछि दंगीशरण गाउँपालिका वडा न. ७ ले यो बर्षको जाडोमा फाईवर सिरक वितरण गरेको छ । आज आईतबार वडा स्तरीय जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत फाईवर सिरक वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, वडा अध्यक्ष विर बहादुर वलीले वडाका २२ जना जेष्ठ नागरिकहरुलाई फाईवर सिरक वितरण गरेका हुन् ।

प्रकाशित मिति : २०७६ पुष २७ गते आइतवार
प्रतिक्रिया