गिनिज बुकमा नाम लेखाउने ऋषिको तयारी

तुलसीपुर,२५ पुस ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोला निवासी ऋषि परियारले एक माईल हातले हिडेर गिनिज बुकमा लेखाउने योजना अघि बढाएको बताएका छन् । शुक्रबार तुलसीपुर स्थित रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेलन गरि उनले यस्तो बताए । त्यसकालागि यही माघ ३ गते घोराही उपमहानगरपालिका वडा नं. ९ बुकाली डाँडामा गिनिज बुकको लागि प्रदर्शन गर्ने जानकारी दिए ।

जहाँ सातवटा क्यामेराले भिडियो खिचेर गिनिज बुकको कार्यालयमा पठाउने तयारी गरेको समेत बताए । उनका अनुसार ५० मिनेटमा त्यो समय पार गर्नुपर्छ । आफुले त्यो समयमा हातले हिडेर एक माईल पार गर्न सक्ने भएपनि आर्थिक अबस्था कम्जोर भएकाले समस्या भएको बताएका छन् ।

आफुले हातले टेकेर एक माईल हिडेपछि गिजिन बुकमा नयाँ रेकर्ड कायम हुने भन्दै दाङ मात्रै नभई देशकै नाम उचाईमा पुग्ने भन्दै सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् । करिब १० रुपैँया आबश्यक पर्ने भएपनि अहिले आफुसंग एक आर्थिक अभाब भएको बताए । ऋषि परियारलाई गिनिज बुकमा नाम लेखाउन निर्माण गठीत समितिका संयोजक तुलसी थापाको अध्यक्ष तथा रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्य एवं समितिका सदस्य सचिब सीता वलीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।  कार्यक्रमको सहजीकरण पत्रकार दीपक बोहराले गरेका थिए ।

प्रकाशित मिति : २०७६ पुष २५ गते शुक्रवार
प्रतिक्रिया