निरन्तर वर्षा कारण सिसहनियाँ महोत्सव प्रभावित

सिसहनियाँ २४ पुस । बुधवार राती देखि परेको निरन्तर वर्षाका कारण दाङ देउखुरीमा सन्चाल भईरहेको सिसहनियाँ महोत्सव प्रभावित भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ पुस १७ गते बाट सञ्चालन भएको प्रथम औद्योगिक तथा कृषि व्यापार मेलामा वर्षाका कारण कार्यक्रमको आठौँ दिन स्थगित भएको छ । महोत्सव स्थलमा पानी जम्नुका साथै हिलाम्मे भए पछि महोत्सव प्रभावित भएको आयोजकले बताएको छ ।
महोत्सवको आठौँ दिन विहिवार आउने भनिएका कलाकारहरु नआएको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । उनका अनुसार शुक्रवार नवौँ दिन नायक विराज भट्ट, नायिका एलिना राईमाझी, फिल्मी गायक राजनराज शिवाकोटी, गायिका शोभा त्रिपाठी, गायिका लक्ष्मी मल्ल,गायक मोडेल तथा उद्घोषक विजय पुन लगायतका कलाकारहरु आउने भएका छन् ।

 

प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार
प्रतिक्रिया