दाङमा १ दशमलब २ मिलिमिटर बर्षा

तुलसीपुर, २३ पुष । दाङमा बुधवार १ दशमलब २ मिलिमिटर बर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकभर चिसो बढेको छ । सोमवार देखी सुरु भएको पश्चिमी बायुको प्रभावले विशेषगरी पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ भने तराई क्षेत्रमा हुस्सु लागेको छ । जसले गर्दा देशभर चिसो अत्यधिक बढेपछि जनजिवन प्रभावित बनेको छ । चिसो बढेपछि यसको प्रभाव दाङमा पनि परेको छ । सोमवार देखी राम्रो संग घाम लाग्न सकेको छैन । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराहीका अनुसार बुधवार दाङमा अधिकतम तापक्रम १४ दशमलब ८ डिग्रिसेल्सियस मापन गरिएको छ । त्यस्तैगरी न्युनतम तापक्रम ८ दशमलब २ डिग्रिसेल्सियस मापन गरिएको कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार
प्रतिक्रिया