रेप बन्यो पेशा : मुख्य न्यायाधीश पोखरेल

तुलसीपुर, २३ पुष
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलले बलात्कारको घटनालाई पेशाको रुपम अंगालेको बताएका छन् । अदालतको मासिक लक्ष्य र प्रगतिका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश पोखरेलले यस्तो बताएका हुन ।
‘आर्थिक रुपमा कुरा मिल्दैन अनि अदालतसम्म मुद्दा आउँछ ,’ मुख्य न्यायाधीश पोखरेलले भने–‘बलात्कार जस्तो कुरामा न्यायाधीशले छोड्ने कुरा पनि हुदैन । किनकि उसको जागिर समेत तलमाथि हुने सम्भावना पनि हुन्छ । थुनामा पठायो अनि त्यही बारगेनिक सुरु हुन्छ । ’

थुनामा गएपछि आर्थिकमा कुरा मिलेपछि सहमतिमा भएको भन्ने गरेको उनले बताए । बयसक महिलाले सहमतिमा भएको हो भनेर छोडे पनि बालिकाको हकमा भने सहमतिमा भएको हो भने पनि नछोडेको नयायाधी पोखरेले बताए । अदालतमा दर्ता हुने मुद्दा मध्य अधिकांस बलात्कार, बैङंकिङ कसुर र चेकअनादर र ज्यान मार्ने उद्योगका घटना भएको उनले बताए ।

यसैविच  अदालतले लक्ष्य भन्दा बढी प्रगति गरेको बताएको छ । एक सय २८ वटा मुद्दाको लक्ष्य लिएकोमा एक सय ७४ वटा मुद्दा फछर्यौट गरेको उच्च अदालतका निमित्त रजिष्टार प्रेम खड्काले जानकारी दिए । कार्यक्रमको सहजीकरण शाखा अधिकृत मानबहादुर विष्टले गरेका थिए । अदालतले साउनमा ३ वटा, भदौमा २९ , असोज १७, कार्तीकमा ३१ र मंसिरमा ४८ वटा मुद्दाको फछर्यौट  गर्ने लक्ष्य लिएको थियो ।

 

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार
प्रतिक्रिया