थारुहरुको बहुआयामिक सभाहलको शिलान्यास

तुलसीपुर, २३ पुष । तुलसीपुरमा थारुहरुको बहुआयामिक सभाहलको शिलान्यास गरिएको छ । तुलसीपुर वडा नम्वर ५ स्थित नमुना भुह्याँर थान परिसरमा निर्माण गरिने प्रतिनिभिसभा सदस्य हिराचन्द्र केसीले भवनको शिलान्यास गरेका हुन् । सभाहल निर्माणका लागी सांसद विकास कोषबाट २० लाख बजेट विनियोजन गरेका छन् । नमुना भुह्याँर थान तुलसीपुर ५ को आयोजना तथा थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ३ दाङको सहआयोजनामा बुधवार तुलसीपुरमा आयोजना गरिएको माघ विशेष सांस्कृतिक कार्यक्रमको उद्घाटन अवसरमा सहभालको शिलान्यास गरिएको हो ।

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार
प्रतिक्रिया