राप्ती लाईफले शान्तिनगरमा स्वास्थ्य शिविर गर्ने

शान्तिनगर, २२ पुस 

दाङको शान्तिनगर गाउँपालिकामा बृहत स्वास्थ्य शिविर हुने भएको छ । तुलसीपुर स्थ्ति राप्ती लाईफ केयर हस्पिटलको प्राबिधिक सहयोगमा शान्तिनगर गाउँपालिका– २ स्थित बाघमारे स्वास्थ्य चौकीमा पुस २६ गते शिविर हुन लागेको हो ।
शिविरमा बिभिन्न बिशेषज्ञहरु सहभागि रहने हस्पिटलका प्रबक्ता जीवन भण्डारीले बताए । उनका अनुसार स्त्री रोग बिशेषज्ञ डा. विनोदकुमार सिंह, जनरल फिजिसियन डा. ज्ञानेन्द्र पाण्डे, बालरोग बिशेषज्ञ डा. बुद्धि गुरुङ, मेडिकल अधिकृत डा. सरुण पोखरेलसहितको टोली सहभागिता रहनेछ ।

ग्रामिण क्षेत्रका नागरिकलाई गाउँमै बिशेषज्ञ सेवा प्रदान गर्न शिविर अयोजना गरेको प्रबक्ता भण्डारीको भनाई छ । यस अघि पनि हस्पिटलले बिभिन्न ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको थियो ।

प्रकाशित मिति : २०७६ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया