प्रदेश पाँचमा दुई दिन सार्वजनिक बिदा दिईने

दाङ, २१ पुष । पाँच नम्ब्र प्रदेश सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो ।सोमवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गदै सरकारका प्रवक्ता बैजनाथ चौधरीले आगामी पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र माघ १ र २ गते दुई दिन सार्वजनिक बिदा निर्णय भएको जानकारी दिएका छन । समथै मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताए ।
बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।
बैठकले रुपन्देहीका ईन्द्रप्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ ।बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

 

प्रकाशित मिति : २०७६ पुष २१ गते सोमवार
प्रतिक्रिया