रक्त संचार केन्द्रलाई आधुनिक फ्रिज हस्तान्तरण

तुलसीपुर, २१ पुष

फुजिमा आयल कम्पनी प्रालि विराटनगरले नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र तुलसीपुरलाई आधुनिक फ्रिज उपलब्ध गराएको छ । ब्लडलाई आवश्यक पर्ने तापक्रम व्यवस्थापन गर्न सक्ने यो फ्रिजमा एक सय युनिटसम्म ब्लड भण्डारण गर्न सकिने रक्त संचार केन्द्रले जानकारी दिएको छ । यस अघि ३० युनिटसम्मको मात्रै ब्लड भण्डारण गर्न सक्ने क्षेत्रमताको सामान्य फ्रिज थियो । तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर फुजिमा आयल कम्पनीका संचालक नविन बस्नेतले केन्द्रलाई फ्रिज हस्तान्तरण गरेका हुन् ।

नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्यको अध्यक्षताम भएको हस्तान्तरण कार्यक्रममा रेडक्रसका संस्थापक मन्त्री नवराज रजौरे, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख डा. प्रताप पोख्रेल, तुलसीपुर उपमहागरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाह, ७ का वडाध्यक्ष टोपबहादुर केसी, रक्त संचार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने, पत्रकार सुशिल बस्नेत, मदन बस्नेत, प्रदिप कुमार शर्मा लगाएतले मनकारी व्यक्तिहरुको सहयोगबाट नै रेडक्रस यहाँ सम्म आएको बताएका थिए । कार्यक्रमको सहजीकरण रेडक्रसका भिमलाल मरासेनीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ पुष २१ गते सोमवार
प्रतिक्रिया