ट्याक्टर दुर्घटना हुँदा १ एक विद्यार्थीको मृत्यु

दाङ, २० पौष ।
रुकुमको त्रिवेणी गाउँपालिका दलुगैराखोलामा विद्यार्थी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । शनिबार बेलुका साढे नौ बजे लु ३ त ९०९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको प्रहरीले बताएको छ । ट्याक्टरमा सवार अन्य १६ विद्यार्थीसहित २० जना घाइते भएका हुन् । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका(५ मा रहेको विद्या विकास माविमा कक्षा(८ मा १७ वर्षीय छात्र दलबहादुर विक रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायका अनुसार ट्र्याक्टर सडकभन्दा झण्डै २५ मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७६ पुष २० गते आइतवार
प्रतिक्रिया