शिवनगरमा निशु:ल्क स्वास्थ्य शिविर

तुलसीपुर, २० पुष
तुलसीपुरको शिवनगरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा चेकजाँच गराउन आएका अधिकांसमा सुगर, निमोनिया, छाति र पेट सम्बन्धी समस्या देखिएको पालपाली पोलिक्लिनिकका संचालक सुदिप ज्ञावलीले जानकारी दिए । शिवनगर टोल विकास संसथाको आयोजना तथा पालपाली पोलिक्लिनिक तुलसीपुरको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष किशोर अर्यालले जानकारी दिए । शिविरमा करिब एक सय जनाको सहभागिता रहेको र त्यसमा पनिअधिकांस महिला आएको समाजसेवी इश्वरी गैरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ पुष २० गते आइतवार
प्रतिक्रिया