घोराहीमा आधुनिक जीम क्लव सञ्चालनमा

तुलसीपुर,२० पुस ।
युवाहरुको रोजाईलाई मध्यनर गर्दै दाङमा आधुनिक जीम क्लव सञ्चालनमा आएको छ । नेपाल सहित विदेशमा समेत जिमको लामो अनुभव बटुलेका युवाले उक्त जीम क्लव सञ्चालनमा ल्याएका हुन । तुलसीपुर उपमहानरपालीका ११ बेलटाकुरा निवासि बसन्त वलीले टु ब्रदर्स नाम दिएर घोराहीको विपी चोकमा क्लव स्थापना गरेका हुन ।

झण्डै ७५ लाख लगानि रहेको क्लवको शनिवार एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य महेन्द्र बुढाथोकी र टिप्पर ब्यावसायी संघका अध्यक्ष भरतनाथ योगीले संयुक्त रुपमा उद्धघाटन गरेका हुन । युवा पुस्ता सगैं अन्यको श्वास्थ्यको लागि पनि सुविधा सम्पन्न क्लव सञ्चालनमा ल्याईएको सञ्चालनक बसन्त वलीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७६ पुष २० गते आइतवार
प्रतिक्रिया