कुनैपनि हालतमा फोरलेन सडक रोक्नु हुदैन : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, १८ पुष

पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले घोराही फोरलेन सडकलाई  विभिन्न बाहानामा नरोक्न आग्रह गरेका छन् । दाङ जिल्लामा संचातिल संघिय, प्रदेश र स्थानीय तह अन्र्तग स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयन, प्रगति चुनौति र समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । ऋण आयोजनामा बन्दै गरेको तुलसीपुर –घोराही फोरलेन सडकलाई कुनैपनि हालतमा रोक्न नमिल्ने भन्दै कामलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला समनन्वय समित दाङलाई निर्देशन दिए । ‘यो नेपाल सरकारको आफनै बजेट होइन ऋण ल्याएर बनाउदै गरेको सडक हो,’ मुख्यमन्त्री पोखरेलले भने–‘ यो काम रोक्नु भनेको अपराध हो । यसमा राजनीतिकरण गरिनु हुदैन ।’

पछिल्लो समय राजनीतिक प्रतिशोधका कारण सुनियोजित ढंगले कानुनको दुरुपयोग गरेर काममा बाधा अबरोध गर्ने र आफनो व्यापार निर्बाध चलाउने प्रवृति बढेको भन्दै मुख्यमन्त्री पोखरेलले जिल्लामा उच्च स्तरीय समयन्त्र तयार गरेर कामलाई अघि बढाउन आग्रह गरे । फोरलेन सडक सबैको भएको भन्दै समयमै काम सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यक रहेको बताए ।

कानुनि जटिलता फुकाएर मानविय आवश्यकता पुरा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले एक बर्ष अघि हुने काम एक बर्ष ढिलागरी सुरु भएकाले जतिसक्यो छिटो सम्पन्न गरेर चर्को व्याजबाट मुक्त हुनुपर्ने बताए । सडक निर्माण कम्पनीले पनि ढुङ्गा नपाएको बाहानामा काम रोक्न नुहने भन्दै अरु काम सुचारु गर्न आग्रह गरे । तुलसीपुर उपमहागनरपालिका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य वुद्धिराम भण्डारी, घोराही उपमहागनरपालिका प्रमुख नरुलाल चौधरी, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, लमही नगरपालिका प्रमुख कुलबहादुर केसी लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७६ पुष १८ गते शुक्रवार
प्रतिक्रिया