वनभोज खान गएका किशोरमाथि गोली प्रहार

महोत्तरी १७ पुस

वनभोज खान गएका एक किशोरमाथि महोत्तरीमा गोली प्रहार भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका जलेश्वर नगरपालिका ५ विसनपुरका  १४ वर्षीय अक्षय कापरलाई वनभोज गएका बेला स्थानीय अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि प्रहार गरेका हुन् । सिंहले गोली प्रहार गरी फरार भएको घाइतेका आफन्तले बताए । भारतसँगको सीमा छेउमा रहेको सो स्थानमा बुधबार साँझ ६ बजेको समयमा घट्ना भएको बताइएको छ।

फरार सिंहको खोजी जारी रहेको महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए।  घाइतेलाई उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरेको छ।

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार
प्रतिक्रिया