सरुवा भएको स्थानमा जान एसपीलाई १२ घन्टे निर्देशन

भरतपुर,१७ पुष

चितवन प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई सरुवा भएको स्थानमा जान १२ घन्टे निर्देशन दिइएको छ । उनलाई यो निर्देशन प्रदेश प्रहरी कार्यालयले दिएको हो । प्रहरी उपरीक्षक मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको हो । १३ दिन बितिस्कदा पनि सरुवा भएको स्थानमा नगएपछि एसपी मल्लाई प्रदेश प्रहरी कार्यालयले यस्तो निर्देशन दिएको हो ।

३ नम्बर प्रहरी प्रदेश कार्यालयले उपरीक्षक मल्ललाई गोप्य सर्कुलर पत्र दिएको थियो । तर एसपी मल्लले सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल ग्रुपमा उक्त पत्र हालेपछि सो विषय बाहिरिएको हो ।

उक्त पत्रमा डिएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो। चितवनमा एसपी गंगा पन्तलाई सरूवा गरिएको छ ।

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार
प्रतिक्रिया