ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु, एक घाईते

तुलसीपुुर, १६ पौष ।
पश्चिम दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नंम्वर २ रातामाटा स्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा १ त ३२५७ नम्बरको ढुङ्गा बोकेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक बबई ५ जौबारी बस्ने २६ बर्षीय खुमबहादुर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।सडकबाटो देखी झन्डै ५०० मिटर तल खसेका बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै सोहि दुर्घटनामा परि सह– चालक बबई २ रातामाटी निवासी २५ बर्षीय टोप बहादुर खत्री घाईते भएका छन् । उनको थप उपचारका लागी कोहलपुर रिफर गरीएको र उनको अहिले उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ पुष १६ गते बुधवार
प्रतिक्रिया