सेवालाई प्रभावकारी बनाऔं: मुख्यमन्त्री पोखरेल

तुलसीपुर,१५ पुस ।

पाँच नम्वर प्रदेश सरकारबाट तुलसीपुरका दुई संस्थाको लागि एक करोड बजेट विनियोजन भएको छ । विशेष अनुदान अन्र्तगत तुलसीपुर ४ रक्षाचौरमा रहेको राप्ती आँखा अस्पताल लाई ५० लाख र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङलाई ५० लाख बजेट दिने मंगलवार निर्णय भएको हो ।

उक्त बजेटबाट प्रादेशिक अस्पताल भित्र पर्ने रक्त सञ्चार सेवा केन्द्रको भवन निर्माण र आखा अस्पतालमा ओपिडि भवन निर्माण हुने छ । भवन अभावका कारण सेवा दिन कठिनाई भएको हुदा भवन निर्माण भए पश्चात सहज हुने अपेक्षा गरिएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले श्वास्थ्यका क्षेत्रमा बिनियोजित बजेट लाई सदुपयोग गरि सेवालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन । यसका लागि स्थानिय सरकार तुलसीपुर उप महानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विशेष पहल थालेका थिए ।

प्रकाशित मिति : २०७६ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया