घरमै गएर बृद्धबृद्धाको स्वास्थ्य जाँच

दाङ, १५ पुष

बृद्धबृद्धाको स्वास्थ्य जाँच घरमै पुगेर गरिएको छ । घोराही उप–महानगरपालिका वडा नं.१४ ले बृद्धबृद्धाहरुको घरमा पुगेर स्वास्थ्य जाँच गरेको हो । वडा कार्यालयले जेष्ठ नागरिकलाई स्वास्थ्य राख्ने उदेश्यले घरमा गएर चेकजाँच गरको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । अभियानको घोराही उप–महानगरपालिका वडा न. १४ स्थित सगरमाथा टोलका ९२ बर्षीय बलवहादुर ओलीको स्वास्थ्य जाँच गरि अभियानको औपचारिक उद्घाटन गरिएको हो ।

त्यस अबसरमा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले वडामा रहेका ६ सय जेष्ठ नगारिको स्वास्थ्य परिक्षण घरमै गएर गरिने बताउँनुभयो । समाजका सम्पति जेष्ठ नागरिक भएको भन्दै सबै जेष्ठ नागरिकलाई स्वस्थ राख्ने दायित्व वडाको रहेको उल्लेख गर्नुभयो ।यस्तै घोराही उप–महानगरपालिकाका निमित्त प्रमुख सिता सिग्देल न्यौपानेले घोराही उप–महानगरपालिकाले सम्पुर्ण वडामा स्वास्थ्य सेवा पु¥याँउने उल्लेख गर्नुभयो । त्यसका लागि सबैमा वडाहरुमा स्वास्थ्य चौकी स्थापना गरिएको वताउँनुभयो । अभियान उद्घाटनका क्रममा घोराही उप–महानगरपालिका वडा नं.१४ का सदस्य गुलाम रशुल,शहरी स्वास्थ्य क्लीनीकका प्रमुख मोहन ओली, गोमा ओली लगाएतका सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया